नुवाकोट, २६ चैत । जनयुद्धमा तत्कालिन माओवादीले थालेको घरजग्गा कब्जा अभियान नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पनि सुरु गरेको छ ।
वैद्य माओवादीबाट अल्गिएर आफ्नै नेतृत्वमा विप्लवले गठन गरेको माओवादीले विहीवार नुवाकोटमा ४ सय ५२ रोपनी जग्गा कब्जा गरेको छ ।
२०५७ सालमा तत्कालिन माओवादीले कब्जामा लिएर भूमिहिनहरुलाई वितरण गरेको जग्गालाई फेरि विप्लव माओवादीले कब्जा गरेको हो ।
विहीवार विज्ञप्ती जारी गर्दै नुवाकोट विप्लव माओवादीले दिवाकर चन्द्को थान्सिङ् गाबिसमा रहेको ४ सय ५२ रोपनी जग्गा केही माफियाहरुले खेतीपाती र बसोबास गर्दै आएको र किसानहरुलाई जबरजस्ती हटाउने प्रयत्न गरेको भन्दै कब्जा गरेको जनाएको छ ।
पार्टीले जनयुद्धकालमा कब्जामा लिएका घरजग्गाहरु खरिद बिक्री नर्गन आग्रह गर्दै विज्ञप्तिमा लेखिएको छ-‘जमिन जोत्नेको नितिमा आधारित रहदै भुमिहिन किसानहरुलाई जग्गा उपलब्ध गराउँदै, गुठी विताए जग्गाहरु मोही किसानका नाममा जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन हामी जोडदार माग गर्दछौँ ।’
गलत प्रयत्नबाट जमिनदार ठेकेदारले घरजग्गा प्रयोग गरेको पाइएमा तत्कालै कब्जा गर्ने रणनीति विप्लव माओवादीको छ ।
















प्रतिक्रिया