८ कार्तिक २०८३, आइतबार

माधव नेपालले एमाले छोड्ने हल्ला सत्य नहोस् : बडाल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् ।

उनले एकताका लागि पर्याप्त आधार भएकाले घनिभूत छलफल गरेर पार्टी एकताका लागि नै लाग्नुपर्नेमा जोड दिँदै नेता नेपाललाई सो आग्रह गरेका हुन् । ‘यसअघि एकताका लागि बनेको कार्यदलको दश बुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ । यो नै एकताको आधार हो,’ बडालले भने, ‘तपाइँले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस् ।’

३८ वर्षसम्म तमाम दुःख गरेर नेता नेपालसँगै एउटै कमिटीमा बसेर काम गरेको नाताले पनि बडालले नेता नेपालाई पार्टी नछोड्न आग्रह गरेको बताएका छन् । उनले माधव नेपालले आफ्नै पार्टीलाई कमजोर पार्ने काम गरेको र त्यो ठूलो अपराध भएको पनि टिप्पणी गरेका छन् ।

नेता नेपाललगायत नेताहरुले पार्टीको विधान र नीतिविपरित गतिविधि गरेकाले उनीहरुलाई कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदै पनि आफूहरुले एकताका लागि कारबाही नगरेको उनको भनाइ थियो ।

नेता बडालले अब पार्टीलाई एकताको नाममा अल्झाएर राखिरहन नहुने बताउँदै आवश्यक गतिविधि अघि बढाउनैपर्नेमा जोड दिएका छन् । सोहीअनुसार पार्टीको पछिल्लो कामकारबाही भइरहेको उनको भनाइ छ ।

‘महाधिवेशनभन्दा अघि विधान अधिवेशन गर्नैपर्छ । त्यसको लागि भदौ २७ र २८ गते विधान अधिवेशन तय भएको छ । वैशाख १० गतेसम्म महाधिवेशन गर्ने अन्तिम मिति हो । महाधिवेशन गर्न अलमल गर्ने कुरा हुँदैन्,’ उनले भने, ‘अहिले अध्यक्ष ओली हट्ने भन्ने कुरा छैन् । तपाईँलाई अध्यक्ष चाहिएको हो भने चुनाव लड्नुहोस न माधवजी । तर, अहिले दायाँबायाँ गर्ने काम नगर्नुहोस ।’