धनगढी, २६ चैत । धनगढीस्थित मोडर्न ऐरा ईङ्गलिस बोर्डिङ हाई स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा पत्रकार कर्ण शाहलाई सम्मानित गरेको छ ।
पत्रकारिताका माध्यमबाट स्थानीय र राष्ट्रिय रुपमा योगदान पुर्याएको भन्दै पत्रकार शाहलाई बिहीबार आयोजित बिद्यालयको २१ औं स्थापना तथा अभिभावक दिवसमा सम्मान गरियो ।
धनगढीबाट प्रकाशन हुने धनगढी पोष्ट दैनिकका सम्पादक रहेका शाहलाई कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरे ।
विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल शाह नेपाल पत्रकार महासंघका पूर्व सुदूरपश्चिम संयोजक एवं केन्द्रीय सदस्य हुन ।















प्रतिक्रिया