३० आश्विन २०८३, शुक्रबार

बंगुर पालनबाट वार्षिक ५ लाख आम्दानी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bangur-palan– घनश्याम पौडेल 

अर्घाखाँची, २६ चैत । मेरो घरमा गाउले कोही प्रवेश गरेनन्, घरको पानी समेत कसैले खाएनन् १८ वर्ष अगाडीको कुरा सम्झदै अर्घाखॉची ठाडा १ मित्रता चौकका कृर्षक मित्रलाल श्रेष्ठले आफनो विगतलाई यसरी बताए ।

शिक्षकको जागिर थियो र ३ जना छोरा छोरी पाल्न निकै असजिलो भयो, अनि कम मेहनत, थौरै लगानी, कम समयमा मनग्ये आम्दानी हुने देखेपछि आफु बंगुरपालन व्यवसायतिर आकर्षित भएको श्रेष्ठले बताए ।

समाजमा एक्लो रुपमा भएपनि सुरुमा २ ओटा बुगुर ल्याएर पालेर राम्रै हुदै गएको र अहिले गाउ‘ँमा आफुले गरेको प्रगतिले ३०÷४० घर परिवारले नै व्यवसायीक रुपमा बंगर पालन व्यवसाय सुरु गरेको उनले सफताको कथा सुनाए ।

बंगुर पालेकै कारण २÷३ वर्ष आफनो घरमा गाउ‘ले नआएपनि आफुले आफनो पेसाबाट हार नखाएकाले अहिलेको अवस्था आएको उनले बताए । विहान बेलुकाको शिक्षक पेशाबाट बचेको समयबाटै आफुले अहिले यति धेरै प्रगति गरेको बताए ।

बगुरपालनबाट वार्षिक ५ लाख रुपैया आम्दानी हुने गरेको उनले बताए । शिक्षकको तलब घर खर्च मा गईरहेको छ, व्यवसायकै पैसाबाट ठाडा बजारमा दुई तले पक्कि घर र मित्रता चौकमा एक तले घर करिव ६०÷७० लाख बराबरको सम्पती आर्जन गरेको बताए ।

मित्रलालको घरमा अहिले माउ १४,भाले २ र पाठापाठी करिब ६०/७० भन्दा बढी बुगुर रहेका छन् । सो संख्या प्रत्येक दिन तलमाथी पर्ने उनको भनाइ छ । एउटा बगुर सन्तुलित आहार मिलेमा ६ महिना १ क्वीटल सम्म हुने र वर्षमा ३ पटक सम्म व्याउने गरेको श्रेष्ठले बताए । बजारको लागी पहिला पहिला दिनहरुमा असहज रहेपनि अहिले गोठमै मासु व्यवसायीहरु आउने गरेकाले कुनै समस्या नभएको श्रेष्ठको भनाई रहेको छ ।

प्रति केजी तयार गरेको मासु २८० रुपैयामा विक्री हुने गरेको जनाईएको छ । माग उच्च रहेको भएपनि बजारमा मासु पु¥याउन नसकिएको श्रेष्ठले बताए । शिक्ष्ँक पेशाबाट अवकास लिएपछि पुर्ण रुपमा आफु बगुर पालन तिर लाग्ने श्रेष्ठले बताए ।

ठाडाका स्थानीयहरु अहिले बराह बुगुर समुह बनाएर गाउ‘मा २२ घरपरिवारले व्यवसायी रुपमै बुगुर पाल्दै आएका छन् । स्थानीय व्यवसायीहरुले वार्षीक १ लाख देखी ५ लाख रुपैया आम्दानी गदै आएका छन् ।

बगुरको मल खेतवालीमा हाल्न उप्पादनमा समेत बृद्धि भएको स्थानीय व्यवसायीहरुको भनाई रहेको छ । ठाडामा ड्युरोक रातो,ल्यान्डरेस सेता जातको बगुर रहेको जनाईएको छ । सरकारले उन्नत नश्ल र समुहका कृर्षकलाई समय अनुसार तालिमको व्यवस्था मिलाई दिए कृर्षकहरुलाई थप हौसला प्रदान हुने समुहका सदस्यहरुको भनाई छ ।