काठमाडौं, २६ चैत । राजधानीको सुन्धाराको सिटिसी मलमा अबस्थित सिटिसी मोबाइल बजारले आयोजना गरेको सामसुङ ग्यालेक्सी जे १ सिटिसी मोबाइल एक्स्पोमा बिभिन्न मोबाइल कम्पनीहरुले भारी छुटको योजना ल्याएका छन् ।
मेलाको तयारी पुरा गरे सँगै मेलामा रेज मोबाइलले आफ्ना २२ वटा मोडलको कारोबार गर्दै प्रत्येक रेज मोबाइलको खरिदमा एक वटा ल्यापटप ब्याग, फोनको मोडल हेरि ४, ८ र १६ जिबीको मेमोरी कार्ड बितरण गर्ने भएको छ ।
मोबाइल एक्स्पोभरी रेज मोबाइलले ८ देखि ४० प्रतिशत सम्म छुट दिने घोषणा गरेको छ । मेलाकै अबधीमा रेजले मेलोडी नामक नयाँ मोडेलको लंच गर्ने जनाएको छ ।
यसैगरि माइक्रोम्याक्स मोबाइलले एक्स्पोमा क्रिकेट प्रतिश्पर्धा गराउँदै बिभिन्न गिफ्ट, लक्की ड्र, क्रिकेट बल, ब्याग, फ्रि मेकअप सहित ४ वटा नयाँ मोडल लंच गर्ने जनाएको छ ।
यसैगरि पानासोनिक, कार्बन, सामसुङ र जियोनी मोबाइलले मेला अबधीमा सरप्राइज अफर प्याकेज ल्याउने जनाएका छन् । मेलामा सामसुङ एस ६ को बुकिङ गरिने जनाएको छ ।
यसैगरि सेल्कन मोबाइलले आफ्नो मोडल क्यु ५ र क्यु ४५५ को खरिदमा सेल्फी स्टिक प्रदान गर्ने जनाएको छ ।
यस्तै बर्ड मोबाइलले प्रत्येक मोबाइल खरिदमा टिसर्ट प्रदान गर्ने जानकारी दिएको छ भने मोबाइल खरिद सँगै लक्की ड्र मा समाबेश गरिने र लक्की ड्र मा एलइडी टिभी, ल्यापटप र मोबाइल बितरण गरिने जनाएको छ ।
यसैगरि किन्जीन्डा मोबाइलले पहिलोपटक सिटिसी मोबाइल बजारमा रिस्ट वाच मोबाइल डब्लु ३ को लंच गरि ४ हजार ३ सयमा उपलब्ध गराउँदै एकवटा ब्लुतुथ फ्रिमा दिने भएको छ ।
यस्तै कलर्स मोबाइलले आफ्ना ६ वटा मोडल के १५, एक्स ११८, एक्स १३५, एक्स ११३ प्लस, एक्स ११४ र के २० को खरिदमा ५ सय रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म स्क्राच कुपन मार्फत मोबाइल खरिद गर्ने लाई पक्का पर्ने जनाएको छ । यो बाहेक अन्य मोडलमा रु १ सय देखि १ लाखसम्म पर्ने जनाएको छ ।
पक्का पर्ने नझुक्याउने अफर सहित एक्स्पो गर्न लागेको सिटिसी मोबाइल बजारले दैनिक बिभिन्न कम्पनीका मोडल लंच गर्ने योजना रहेको जनाएको छ । मेलामा सहभागिता जनाएका सबै कम्पनीहरुले प्रतिश्पर्धा गर्दै मेलामा भारी छुटका प्याकेज ल्याउने तयारी गरिरहेको सिटिसी मोबाइल बजार प्रालिका महासचिव केशवराज लुइँटेल जानकारी दिनुभयो ।















प्रतिक्रिया