८ कार्तिक २०८३, आइतबार

हर्न निषेधलाई थप कडाइ गर्दै प्रहरीले शुरू गर्‍यो ‘नो हर्न स्टिकर अभियान’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २६ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हर्न निषेधलाई थप कडा पार्ने भएको छ ।

२०७४ वैशाख १ गतेदेखि उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरे पनि पछिल्लो दिनहरूमा उक्त नियम पूर्ण पालना गरिएको छैन । कोरोना संक्रमण पछिका दिनहरुमा क्रमशः हर्नको प्रयोगमा वृद्धि हुँदै गएको महसुश गर्दै ट्राफिक प्रहरीले अब यो नियमलाई कडाईका साथ लागू गराउने भएको हो ।

ट्राफिक प्रहरीले ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी र कडाई गर्न आज मंगलबारदेखि ‘हर्न निषेध’का लागि स्टिकर टाँस्ने अभियान नै शुरू गरेको छ । उक्त स्टिकर चालकले देख्ने गरी अगाडिको सिसामा टाँसिएको महाशाखाले जनाएको छ ।

एसएसपी भट्टराईले ‘नो हर्न’ अभियानलाई थप कडाई गर्न आजैदेखि उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार ‘नो हर्न’ स्टिकर टाँस गरी अभियानलाई तीव्रता दिएको जानकारी दिएका छन् ।

‘केही समययता अनावश्यक हर्नको प्रयोगमा क्रमश वृद्धि भइरहेको महशुस गरी हामीले यसलाई थप कडाई गर्न र अति आवश्यक नपरी हर्नको प्रयोग गर्नेलाई कडाइका साथ कारबाहीको दायरामा ल्याउन अभियानलाई पुनः गति दिन लागिएको हो,’ एसएसपी भट्टराईले भने ।

जथाभावी हर्नको प्रयोगले ध्वनी प्रदुषण बढ्ने र यसले मानिसको स्वास्थ्यमा समेत नकारात्मक असर गर्ने हुनाले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न समेत ट्राफिक प्रहरी महाशाखाले सम्पूर्ण सवारी चालकहरुलाई विशेष अनुरोध गरेको छ ।