८ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यकामा मंगलबार थपिए ११८६ जना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । मंगलबार देशभर कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार १८६ जना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ७९५ जना, ललितपुरमा २३९ जना र भक्तपुरमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अघिल्लो दिन काठमाडौं उपत्यकामा ९५९ जना संक्रमित थपिएका थिए । केही दिनयता उपत्यकामा पनि कोरोना संक्रमित हुनेको संख्या दिनप्रतिदित बढ्दै गएको छ ।