८ कार्तिक २०८३, आइतबार

ओलीले भने– खोप कार्यक्रम सुस्त बनाएर निर्वाचन नगर्ने सरकारको नियत देखियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई सुस्त बनाएर सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

आफ्नो सरकारको पालामा ल्याइएका खोपलाई समेत लगाउन ढिला गरेर खोपको नाममा निर्वाचन रोक्ने र सार्ने षडयन्त्रमा सरकार लागेको ओलीको भनाइ छ । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारले ल्याएर थुपारिदिएको खोप समेत सरकारले लगाउन ढिलाइ गरिरहेको आरोप लगाएका छन् ।

सरकारले चैतसम्म खोप दिने भनेर फागुनमा हुनुपर्ने स्थानीय निर्वाचन नगर्न खोजेको उनको भनाइ छ । उनले आफ्नो सरकारले नै निःशुल्क खोप दिन शुरू गरेको भन्दै देउवा सरकारले आफूहरुलाई जस नदिएकोमा दुःख व्यक्त गरे ।

‘चैतसम्म खोप भनेको छ । निःशुल्क खोप अहिले देखि,’ ओलीले हास्दै भने, ‘यो मेरो सरकारले गरेको होइन र ? परीक्षण निःशुल्क भनेर झुट कुरा गर्ने ?’

‘खोप त मेरो सरकारले ल्याएर थुपारिदिएको छ । किन चैत सम्म कुर्ने ? खुरुखुरु लगाए भइहाल्यो । चैतसम्म खोप भनेर फागुनको निर्वाचन गर्न नखोजेको हो ? यस्तो असंवैधानिक काम गर्न पाइँदैन,’ ओलीले भने ।