८ कार्तिक २०८३, आइतबार

उपत्यकामा राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

आगामी बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिन लागिएको बताइएको छ । अत्यावश्यक सवारीसाधन भनेजतिसुकै वेला चल्न पाउने छन् ।

८ बजेपछि होटेल रेष्टुराँमा मानिस सवारी लिएर गएको पाइएको र त्यसले संक्रमण बढाउन मद्दत गरेको भन्दै काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय लिएको बताएका छन् ।

यो सँगै काठमाडौं उपत्यकाभित्र भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ । पछिल्लो केही सातादेखि खुकुलो पारिएको निषेधाज्ञा पुनः कडा बनाउने दिशातर्फ उन्मुख भएको छ ।