
काठमाडौं, २६ साउन । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले वर्तमान सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै फोबिया भएको हुन सक्ने टिप्पणी गरेका छन् ।
आज मंगलबार राष्ट्रियसभाको बैठकमा नेता भट्टराईले केपी ओली मुलुकको राजनेता भएको बताउँदै अहिले पनि मुलुकको राजनीति र सत्ता उनकै वरिपरि घुमिरहेको टिप्पणी गरेका हुन् । संसद होस् या अन्य ठाउँ जहाँ पनि केपी ओलीकै चर्चा हुने गरेकाले उनी राजनेता भएको नेता भट्टराईको टिप्पणी थियो ।
‘केपी ओली सिंहदरबार र बालुवाटार छोडेर अहिले बालकोट जानुभएको छ । तर, सदनमा आउँदा उहाँकै चर्चा सुनिन्छ । सरकार बनिराखेको छैन । यसको पछाडि पनि केपी ओलीकै फोबिया छ कि जस्तो लाग्छ,’ नेता भट्टराईले भने, ‘सडकमा पनि आश लागेको नेतालाई गुटबन्दीबाट हटाउने काम भयो भन्ने छ, राजनेता भनेको के होला ? भन्ने लाग्थ्यो । राजनेता भएपछि राजनीति उसकै वरीपरी घुम्दोरहेछ । सडक, सदन र सरकार सबै उसको गाइडेन्समा हिंड्नुपर्ने हुँदोरहेछ ।’
उनले प्रमुख सत्तारुढ नेपाली कांग्रेस कुहिराको काग भएको तथा सहयात्री दल नेकपा माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको टिप्पणी पनि गरेका छन् ।















प्रतिक्रिया