८ कार्तिक २०८३, आइतबार

जंगलमा भेटियो किशोरीको शव, तीन जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

विराटनगर, २६ साउन । एकसाता देखि हराइरहेकी उदयपुरकी एक किशोरीको शव फेला परेको छ ।

उदयपुर त्रियुगा नगरपालिका–६ की १६ वर्षीया क्रिष्टीला चौधरीको शव स्थानीय मोहनपुर जंगलमा फेला परेको हो । उनको शव सडेको अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले जानकारी दिए ।

साउन १९ गते केही स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले शव क्रिष्टीलाको भएको पुष्टि गरेको हो । क्रिष्टीला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् ।

बालिकाको बलत्कारपछि हत्या भएको आशंका प्रहरी र स्थानीयले गरेका छन् । घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।