
काठमाडौं, २६ साउन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई भेटेकी छिन् ।
गत आइतबार प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी राजदूत यान्छीले आज मंगलबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेकी छन् ।
हात्तीवनको एक अपार्टमेन्टमा बस्दै आएका अध्यक्ष यादवलाई भेट्न राजदूत यान्छी त्यहीँ पुगेकी छिन् । यान्छीले यसरी दौडधूपका साथ नेता तथा मन्त्रीहरूलाई भेट गर्नुको एउटै उद्देश्य हो, अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) रोक्नु हो । एमसीसी कम्प्याक्ट संसदबाट पारित गर्ने चर्चा चलेसँगै यसलाई रोक्न उनले आफ्नो सक्रियता बढाएकी हुन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै राजदूत यान्छीले सक्रियता बढाएर नेताहरुमाथि एमसीसी पारित नगर्न दबाब सृजना गरिरहेको स्रोतहरूको दाबी छ ।
एमसीसीलाई संसदबाट पारित हुन नदिन र चीनको बिआरआईलाई आगाडि बढाउन उनको सक्रियता बढेको चर्चा छ ।















प्रतिक्रिया