८ कार्तिक २०८३, आइतबार

मुलुकको आर्थिक अवस्था झल्काउन आज संसदमा श्वेतपत्र जारी गरिँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमार्फत श्वेतपत्र जारी गर्ने भएका छन् ।

मन्त्री नियुक्त भएलगत्तै शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । मुलुकको वास्तविक आर्थिक अवस्था झल्काउन आफूले श्वेतपत्र ल्याउन लागेको मन्त्री शर्माले बताएका छन् ।

वर्तमान अर्थतन्त्रको वृहत आर्थिक सूचकांक, आयात निर्यात, रोजगारीको अवस्था, बजेट खर्चको अवस्था, पुँजीगत बजेट खर्च, आर्थिक वृद्धिलगायत वर्तमान आर्थिक परिदृष्यहरूलाई श्वेतपत्रमा समेटिने छ ।

श्वेतपत्रमा कसैलाई अनावश्यक दोष नदिइने मन्त्री शर्माले यसअघि नै बताइसकेका छन् ।