१३ कार्तिक २०८३, शुक्रबार

आमहडताल फिर्तापछि एमाओवादी मोर्चामा भाँडभैलो, यादव र महतोले प्रचण्डलाई छाड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Upendra-yadav-Rajendra-mahato1

काठमाडौं, २६ चैत । एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाबाट उपेन्द्र यादव र राजेन्द्र महतो बाहिरिने भएका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्ड संयोजक रहेको मोर्चामा असन्तुष्टि जनाउँदै मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष यादव र सद्भावना पार्टीका अध्यक्ष महतोले बाहिरिने संकेत गरेका हुन् ।

आफूसँग सल्लाह नै नगरी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोर्चाको उद्देश्य विपरित जान खोजेको भन्दै फोरम र सद्भावनाले मोर्चा छाड्न लागेका हुन् ।

मंगलबारदेखि लागू गरिएको तीन दिने आमहड्ताल कार्यक्रम फिर्ता लिनु, मोर्चाको नीति विपरित सत्तारुढ दलका नेतासँग भेटवार्ता गरेपछि फोरम र सद्भावना प्रचण्ड नेतृत्वको मोर्चासँग रिसाएका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आम हड्ताल फिर्ता लिएपछि विज्ञप्ती जारी गरेर आपत्ति जनाएका थिए । यस्तै सद्भावनाका अध्यक्ष राजेन्द्र महताले बुधबार मात्रै एक कार्यक्रममा आम हड्ताल फिर्ता लिएर परिवर्तनकारी जनतालाई धोका दिएको बताए ।

उपेन्द्र यादव अब प्रचण्डसँग सहकार्य निष्कर्षमा पुगेको फोरम नेपालका एक केन्द्रीय नेताले बताए । उनका अनुसार मोर्चामा प्रचण्ड मनोमानीपूर्वक हिड्न खोजेकाले उपेन्द्रले बाहिरिने मनस्थिति बनाएका छन् । उपेन्द्रको निर्णयमा राजेन्द्रले पनि साथ दिने देखिएको छ ।

उसो त मोर्चा गठन भएदेखिनै उपेन्द्र कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । ती केन्द्रीय नेताका अनुसार मोर्चाबाट बाहिरिने विषयमा उपेन्द्रले राजेन्द्रसँगै अन्य मधेसवादीदलसँग परामर्श गरिरहेका छन् । उपेन्द्रको निर्णयमा जनजाति नेताहरुले पनि साथ दिएका छन् । आमहड्ताल फिर्ता गर्ने कदमको जनजाति नेताहरुले पनि विरोध गरेका छन् । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीपनि उपेन्द्रकै एजेण्डामा छ ।

फोरमका ती केन्द्रीय सदस्यका अनुसार अशोक राईले पनि उपेन्द्रसँग सहकार्यको तयारी थालेका छन् । अहिले मोर्चामा एमाओवादीको शक्ति हावी भएपनि फोरम र सद्भावना बाहिरिएपछि कमजोर बन्ने निश्चित छ ।