८ कार्तिक २०८३, आइतबार

जसपाका तीन जना सांसदको माग सर्वोच्च अदालतद्वारा अस्वीकार

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका तीन जना सांसदले गरेको मागदाबी सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

पार्टी नीतिविपरीत मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै जसपाले कारबाही गरेपछि तीन जना सांसद सर्वोच्च अदालत पुगेका थिए ।

पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपाका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी हटाएको थियो । पार्टीको निर्णयको आधारमा प्रदेशसभाले पनि ती सांसद पदमुक्त भएको जनाएको थियो ।

तर, यसअघिको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै रहेका बेला आफूहरुलाई पुनः कारवाही गरिएको भन्दै उक्त कारवाही यथास्थितिमा राख्न माग गर्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।