
काठमाडौं, २५ साउन । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले सत्तारुढ गठबन्धनको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम देशमा अराजकता सृजना गर्ने बताएका छन् ।
कार्यक्रममा तीन तहको सरकार सञ्चालनको सन्दर्भमा देखिएका कमी, कमजोरीलाई स्पष्ट रुपमा पहिचान गरी सम्बन्धित समस्याको समाधान खोज्नुपर्नेमा कार्यक्रमले संघीय सरकारका विरुद्धमा पूर्वाग्रह राखेको बताउँदै यसले देशमा अराजकता सृजना गर्ने उनको दाबी छ ।
प्रदेश सरकार सञ्चालनका समस्या पहिचान नगरी संघीय सरकारको कारण नै प्रदेश सरकारले काम गर्न नसकेको देखाइएको उनको भनाइ छ । साझा न्यूनतम कार्यक्रमले विकास निर्माणका काममा राज्यको भूमिकालाई न्युनीकरण गरेको पनि उनले उल्लेख गरे ।
‘देशमा अराजकता सृजना गर्ने हिसाबले पो आयो कि । राज्यको भूमिकामा विकासलाई अगाडि बढाउने भन्ने कुरालाई राज्यको भूमिकालाई न्युनीकरण गर्दै अब फेरि उही पुरानो रटानतिरै पो जान लाग्या हो की जस्तो खालको देखिन्छ,’ उनले भने ।















प्रतिक्रिया