
काठमाडौं, २५ साउन । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठक बस्दैछ ।
आज दिउँसो बस्ने बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू सहभागी हुँदैछन् । कांग्रेस महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
कांग्रेस महाधिवेशन तोकिएको समयमै नहुने भएपछि पौडेल पक्षका सभापतिहरूको बैठक बस्न लागेको हो । पौडेल समूहले विशेष महाधिवेशन गरेर भए पनि पार्टीलाई गतिशील बनाउनुपर्ने अडान राख्दै आएको छ ।















प्रतिक्रिया