
काठमाडौं, २४ साउन । सौन्दर्यकर्मी सुलोचना श्रेष्ठले साँखुमा ‘द युनिक एण्ड क्लासी ब्युटी एकेडेमी’ सञ्चालनमा ल्याएकी छिन् ।
सो एकेडेमीको वरिष्ठ सौन्दर्यविद तथा समाजसेवी सोनी काररंजितले आइतबार उद्घाटन गरेकी छिन् । उक्त अवसरमा अन्य वरिष्ठ सौन्दर्यकर्मी रचना शाक्य, सौन्दर्यकर्मी महेश्वरी श्रेष्ठ, जस्मिन श्रेष्ठ, कबिना श्रेष्ठ, प्रश्मिला श्रेष्ठ, रोशनी कार्की लगायतका सौन्दर्यकर्मीहरु, सञ्चारकर्मी तथा स्थानीय व्यक्तित्वहरुको उपस्थिति थियो ।
युवा व्यवसायी सौन्दर्यकर्मी सुलोचना श्रेष्ठद्वारा सञ्चालित ‘द युनिक एण्ड क्लासी ब्युटी एकेडेमी’ उक्त क्षेत्रको अत्याधुनिक प्रविधिमार्फत सौन्दर्यसम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध गराउने एक मात्र ब्युटी पार्लर हो ।
विगत लामो समयदेखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाइ आफ्नै ठाउँमा केही गरौं भन्ने उदेश्यका साथ सञ्चालन गरिएको ‘द युनिक एण्ड क्लासि ब्युटी एकेडेमी’मा अनुभवी सौन्दर्यकर्मीमार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिने श्रेष्ठको भनाइ छ । महिलाहरुलार्इ आवश्यक सम्पूर्ण सौन्दर्य सामग्री समेत बिक्रीवितरण हुने जानकारी दिइएको छ ।
रोज शीप विकास तालिम केन्द्रकी अध्यक्ष तथा प्रमुख अतिथि वरिष्ठ सौन्दर्यविद सोनी काररंजितले सौन्दर्यकर्मीहरुले शीप सिकेर आत्मानिर्भर भएकोमा खुशी व्यक्त गर्दै ‘द युनिक एण्ड क्लासी ब्युटी एकेडेमी’ले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने बताइन् ।















प्रतिक्रिया