
काठमाडौं, २४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ९ हजार ३३ जनाको आरटी–पीसीआर गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ४११ जना गरी आज २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १४ हजार ८७७ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९३ जना पुगेको छ ।
अघिल्लो दिन २५ जना संक्रमितले ज्यान गुमाएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ६ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ३ हजार ७३४ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३५ हजार ४५ जना आइसोलेसन र ४७५ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया