८ कार्तिक २०८३, आइतबार

भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै देवी ज्ञवालीद्वारा सर्वोच्चमा रिट दर्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवाली रिट लिएर आफैं सर्वोच्च अदालत गएका छन् ।

आयोग विघटन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरेका छन् ।

उनको निवेदनमाथि भोलि सोमबार पेसी तोकिएको छ ।

आयोग विघटनविरुद्ध गत शुक्रबार पनि रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।