८ कार्तिक २०८३, आइतबार

स्वास्थ्य राज्यमन्त्रीको अस्पतालसहित ५२ वटा कम्पनीले तिरेनन् कर

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देउवा सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको जनमैत्री अस्पतालसहित विभिन्न ५२ वटा कम्पनीले काठमाडौं महानगरलाई घरजग्गा सम्पत्ति कर नतिरेको पाएको छ ।

देउवा सरकारमा राज्यमन्त्री नियुक्त भएका श्रेष्ठले सञ्चालन गरेको जनमैत्री अस्पतालले समेत कर नतिरेको महानगरले बताएको छ । उक्त अस्पतालसहित ५२ कम्पनीको सूचि सार्वजनिक गर्दै महानगरले ३० दिनभित्र कर तिर्न चेतावनी दिएको छ ।

कर नतिर्ने कम्पनीको सूचिमा जयनेपाल हल, गोपीकृष्ण मुभिज, विद्युत् प्राधिकरण, नेश्नल ट्रेडिङ लिमिटेड, चेम्बर भवन, जामे मस्जिद, रेडक्रस सोसाइटीलगायत कम्पनी तथा संघसंस्थाहरु छन् ।