झापा, २४ साउन । झापाको गौरिगंज गाउँपालिका–४ स्थित कदमगाछीबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक नगरपालिका–१ की ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया बिमला धिमाल छन् । हिजो शनिबार ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।
उनीहरुमाथि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा थप अनुसन्धान भक्ष्रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया