८ कार्तिक २०८३, आइतबार

पाँच देशका सेना सम्मिलित पर्वतीय युद्ध तालिम जोमसोममा शुरू

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेपालसहित पाँच देशका सेना सम्मिति पहाडी युद्धकला तालिम आज आइतबारदेखि नेपालमा शुरू भएको छ ।

नेपाली सेनाका अनुसार सो तालिममा नेपाल, अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाका ८१ जना सैनिक सहभागी छन् । सेनाहरुलाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट, आइ क्राफ्टसम्बन्धी ज्ञान दिलाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिम नेपाली सेनाको जोमसोमस्थित उच्च शिखर शिक्षालयमा दिइएको छ । तालिम असोज १ गतेसम्म सञ्चालन हुने छ ।