
काठमाडौं, २४ साउन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व रहेसम्म भूमिहीन सुकुम्बासीको समस्या समाधान नहुने दाबी गरेका छन् ।
आज आइतबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले जनतासँग भएको जमिन किनेर आफ्नो स्वामित्वमा ल्याउन सरकारलाई सुझाव दिए । हाल जनताको स्वामित्वमा रहेको करिब २६ लाख हेक्टर बस्न योग्य जमीन करिब ४०० खर्बमा बैंक ग्यारेन्टीमा किनेर सरकारी स्वामित्वमा लिई सरकारले आफ्नो योजनामा परिचालन गर्नुपर्ने उनको भनाइ छ ।
भूमि आयोगले विघटन गर्दा आन्दोलनको कुरा चलेको र फेरि गठन गर्ने कुरा उठेको भन्दै गौतमले त्यसबाट समस्या नै समाधान नहुने जिकिर गरे ।















प्रतिक्रिया