८ कार्तिक २०८३, आइतबार

वडाध्यक्षबाट निर्घात कुटिएका युवा भन्छन्– मेरै गल्तीले कुटाइ खाएँ, उजुरी दिन्नँ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २४ साउन । वडाध्यक्षबाट निर्घात कुटिएका जुनीचाँदे गाउँपालिका–२ का एक युवाले पीडकविरुद्ध उजुरी दिन अस्वीकार गरेका छन् ।

तर, तिनै युवालाई निर्घात कुटपीट गरेको भन्दै उक्त वडाका वडाध्यक्ष रामबहादुर नेपाली तीन दिनदेखि हिरासतमा छन् । पीडकले कुटाइ खानुमा आफ्नै गल्ती भएको बताएपछि न्याय निरुपणमा समेत प्रहरीलाई अफ्ठेरो परेको छ । वडाध्यक्ष नेपालीले गत साउन १५ गते आफ्नै भतिज पर्ने सर्पे दमाइलाई रक्सी खाएर होहल्ला गरेको भन्दै बाँधेर नियन्त्रणमा लिएर मरणासन्न हुनेगरी कुटपीट गरेका थिए ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले वडाध्यक्ष नेपालीलाई पक्राउ गर्‍यो । तर, पीडित भनिएका व्यक्ति र परिवारले अहिलेसम्म प्रहरीमा उजुरी गरेका छैनन् ।

दुई दिनदेखि सर्पे दमाईलाई काउन्सिलिङ गरिए पनि उनले वडा अध्यक्षविरुद्ध उजुरी दिन नमानेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पीडित सर्पेले सो घटनामा आफ्नै गल्ती भएको बयान दिएका छन् ।

यद्यपि, सामाजिक सञ्जालमा आएको भिडियोकै आधारमा प्रहरीले वडाध्यक्षविरुद्ध अभद्र व्यवहारसम्वन्धी मुद्दा चलाइसकेको छ ।