
काठमाडौं, २४ साउन । सरकारले भोलि सोमबारदेखि अस्ट्राजेनेका खोप लगाउन शुरू गर्ने भएको छ ।
कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राका रूपमा अस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप अभियान शुरू गर्न लागिएको मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले जनाएको छ ।
खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाटै उत्तः खोप लगाइने छ । कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पखाईमा रहेका ६५ वर्ष वा सो भन्दा माथिका नागरिकलाई खोप लगाउने तयारी विभागको छ ।
विभागकाअनुसार दोस्रो मात्रा दिई बाँकी रहेको खोप विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने छ । भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनेका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ ।
सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो । अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भए पनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताइएको छ ।
हेर्नुहोस् सूचनाहरू–

















प्रतिक्रिया