
काठमाडौं, २३ साउन । शनिबार देशभर कोरोना भाइरसका ३ हजार २१८ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ९१० जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ५९३ जना, ललितपुरमा १८९ जना र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन् ।
अघिल्लो दिन काठमाडौं उपत्यकामा जम्मा ७०१ जना संक्रमित थपिएका थिए । उक्त दर आज बढेर ९१० पुगेको छ । शुक्रबार काठमाडौंमा ४७१ जना, ललितपुरमा १४७ जना र भक्तपुरमा ८३ जना संक्रमित थपिएका थिए ।















प्रतिक्रिया