८ कार्तिक २०८३, आइतबार

२४ घण्टामा थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १७२२ जना निको हुँदा १९ जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ८ हजार ६६ जनाको आरटी–पीसीआर गर्दा २२३१ जना र ४ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ जना गरी आज ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३८ जना पुगेको छ ।

अघिल्लो दिन २५ जना संक्रमितले ज्यान गुमाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ६ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ७४ हजार ७०१ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३५ हजार ४३२ जना आइसोलेसन र ४४३ जना क्वारेन्टिनमा छन् ।