४ कार्तिक २०८३, बुधबार

घरमा कोही नभएको मौकामा राति अर्काकी स्वास्नीसँग जबरजस्ती शारीरिक सम्बन्ध राखेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeedकञ्चनपुर, २६ चैत । कञ्चनपुरमा एक युवकले घरमा कोही नभएको मौकामा अर्काकी स्वास्नीसँग जरबजस्ती शारीरिक सम्पर्क राखेका छन् । युवतीको इच्छा विपरित जबरजस्ती राति ११ बजेतिर बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

विवाहिता महिलामाथि बलात्कार गर्ने कञ्चनपुरको देखतभूली– ७ का ३२ वर्षीय रामअवतार रानालाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएको मौका छोप्दै रानाले रातिका बेला छिमेकी विवाहिता १८ वर्षीया महिलालाई तीन दिनअघि बलात्कार गरेका थिए । स्थानीयको उजुरीका आधारमा रानालाई पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बलात्कृत महिलाका श्रीमान् रोजगारीका लागि विदेशमा रहेका छन् । महिलाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । रासस