३० आश्विन २०८३, शुक्रबार

पूर्वको अम्रिसो भारत निर्यात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purba-Aimrisioसंखुवासभा २६ चैत । अम्रिसो खेती गरेर बाषिर्ष तिन लाखसम्म आम्दानी हुने गरेको छ । संखुवासभा जिल्लाको खरांङ्,चैनपुर लगायतका ठाउँहरुमा अम्रिसो खेती गर्ने गर्दछन् ।

स्थानिय ब्यापारीले घरमै आएर प्रति किलोग्राम असी रुपैयाका दरले अम्रिसो खरिद गर्न थालेपछि अम्रिसो खेती गर्ने किसानहरु खुशी हुने गरेको खरांङ्का एक अम्रिसो ब्यापारीले बताए। उता छिमेकी जिल्ला खोटाङको जिल्लाको दक्षिणी गाविसबाट ६० लाखभन्दा बढीको अम्रिसो निर्यात भएको छ ।

तराईसँग यातायात जोडिएपछि यस वर्ष सुन्तले गाविसबाट मात्रै ६० लाख बराबरको अम्रिसो निर्यात भएको हो । सुन्तलेमा उत्पादन भएको अम्रिसो उदयपुरको गाईघाटबाट विराटनगर झापा हुड्दै भारतसम्म निर्यात हुने गरेको ब्यापारीहरु बताउछन् ।

चारसय भन्दा बढी घरधुरी रहेको उक्त गाविसका स्थानीय बासिन्दाले दश वर्ष अघिदेखि अम्रिसोखेती गर्न सुरु गरेका हुन् । घरैबाट प्रतिकिलो ३० रुपैयादेखि ४५ सम्ममा बिक्री हुने अम्रिसोको कुचो गाईघाटमा प्रतिकिलो १५० मा बिक्री हुने गरेको खोटाङका एक स्थानिय व्यापारीले बताए ।

एककिलो अम्रिसोबाट तीनवटा तयारी कुचो बन्छ । ठेकेदारमार्फत निर्यात गरिने अम्रिसो यसवर्ष ७० हजार बराबरको अम्रिसो एक्लैले बिक्री गरेको खोटाङ सुन्तले–२ की हिरादेवी बञ्जराले बताइन् ।

जिल्लाको फाक्टाङ, साउनेचउर, बोपुङ, मौवाबोटे लगायतका गाविसमा अम्रिसो उत्पादन हुने गरेको छ । पछिल्लो समय महुरे–फोक्सिङटार सडक आसपासका क्षेत्रमा समेत अम्रिसोखेती विस्तार गरिएको स्थानिय ब्यापारीहरु बताउछन् ।