
काठमाडौं, २३ साउन । बालाजु औद्योगिक क्षेत्रभित्र अवस्थित नेबिको बिस्कुट उद्योगमा आगलागी भएको छ ।
आइतबार राति २ बजेदेखि औद्योगिक क्षेत्र परिसरमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको हो । बिहानैदेखि जुद्ध वारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका पानीका ट्यांकर र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहे पनि नियन्त्रणमा आउन हम्मे परिरहेको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि उद्योगका सम्पूर्ण वस्तु नष्ट भएका छन् । यद्यपि के कति क्षति भएको हो त्यसको विवरण अहिले नै आइसकेको छैन ।
सम्पूर्ण स्रोत परिचालन गददाए पनि आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले नेपाली सेनाको हेलिकप्टरबाट पानी खन्याउने काम भइरहेको छ ।















प्रतिक्रिया