८ कार्तिक २०८३, आइतबार

माओवादीले एमसीसी सम्झौताको प्रतिरोध गर्ने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको प्रतिरोध गर्ने बताएको छ ।

देशका सम्पदाहरू बेचेर खाने रणनीति भन्दै माओवादीले प्रतिरोध गर्ने चेतावनी दिएको हो । पार्टीको सात बुँदे निर्णय सार्वजनिक गर्न आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सो पार्टीले यस्तो चेतावनी दिएको हो ।

पोखरामा साउन १८ र १९ गते सम्पन्न भएको बैठकबारे जानकारी दिदै प्रवक्ता जनचाहनाले भने, ‘साम्राज्यवादी एमसीसी सम्झौताका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी माओवादी डटेर प्रतिरोध गर्नेछ ।’ उनले एमसीसीबाट स्वाधीन राष्ट्रलाई झुक्याउन खोज्ने र नेपाली जनतालाई शोषण गर्ने खेल भएको भन्दै त्यसविरुद्ध लड्ने बताए ।

‘नेपाली जनतालाई शोषण गर्ने असमान सन्धि सम्झौताहरू हामीलाई मान्य हुँदैन,’ उनले भने, ‘एमसीसी राष्ट्रघाती साम्राज्यवादी दलालहरूको साँठगाठको लागि, राष्ट्रियता खोस्नका लागि सम्पदाहरू बेचेर खाने रणनीति हो ।’ एमसीसी नेपाल बेचेर खाने रणनीति भएको आरोप समेत लगाए । उनले एमसीसी सम्झौताविरुद्ध वर्ग संघर्ष मात्र नभएर राष्ट्रिय संघर्षको रूपमा अगाडि बढाउने चेतावनी दिए ।

प्रवक्ता जनचाहनाले १२ बुँदे शान्ति सम्झौताको सार संसदीय व्यवस्था टिकाउने खेल भएको जिकिर गरे । उनले कोरोना महामारीको बाबजुद प्रतिकुल समयलाई अनुकुलतामा ढाल्दै नयाँ नेतृत्व सहित पार्टीको पूर्ण बिस्तारित बैठक बस्न सम्पन्न भएको जानकारी दिए ।