८ कार्तिक २०८३, आइतबार

कांग्रेस केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २८ गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले २८ गते दिउँसो २ बजे सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तोकिएको समयमा महाधिवेशन हुन नसक्ने करिब निश्चित भएपछि नयाँ मितिको घोषणामा शीर्ष नेताहरू छलफल गरिरहेको बताइएको छ । तर, कांग्रेसकै एउटा समूहले विशेष महाधिवेशन गरेर भए पनि पार्टीलाई गतिशील बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।