
काठमाडौं, २२ साउन । शुक्रबार देशभर कोरोना भाइरसका ३ हजार ७२९ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ७०१ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ४७१ जना, ललितपुरमा १४७ जना र भक्तपुरमा ८३ जना संक्रमित थपिएका हुन् ।
अघिल्लो दिन काठमाडौं उपत्यकामा ७६६ जना संक्रमित थपिएका थिए । हजो बिहीबार काठमाडौंमा ७६६ जना, ललितपुरमा १६३ जना र भक्तपुरमा १४६ जना संक्रमित थपिएका थिए ।















प्रतिक्रिया