८ कार्तिक २०८३, आइतबार

२४ घण्टामा थप ३७२९ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ९ हजार ४९३ जनाको आरटी–पीसीआर गर्दा २४३० जना र ६ हजार १८२ जनाको एन्टिजेन परीक्षण गर्दा १२९९ जना गरी आज ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १० हजार ५०९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार १९ जना पुगेको छ ।

अघिल्लो दिन ३७ जना संक्रमितले ज्यान गुमाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ७ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ६५ हजार ८३५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३४ हजार ९४२ जना आइसोलेसन र ३५६ जना क्वारेन्टिनमा छन् ।