
काठमाडौं, २२ साउन । नेकपा एमालेभित्रका असन्तुष्ट पक्ष माधव कुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) समूहको हिजो शुरू भएको स्थायी कमिटी बैठक आज सकिएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयहरूमा फेरि बस्ने केन्द्रीय कमिटी बैठकमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिनेबारे छलफल भएको थियो ।
बैठक सकिनुअघि सो समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो । बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।















प्रतिक्रिया