८ कार्तिक २०८३, आइतबार

करिब ४ करोड रुपैयाँको प्रलोभन देखाई धर्मग्रन्थको नाममा ठगी गर्ने दुई जना पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । करिब ४ करोड रुपैयाँको प्रलोभन देखाई पुरातात्विक धार्मिक महत्वको बहुमूल्य धर्मग्रन्थ हो भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–१० का २० वर्षीय आशिष लामा तामाङ र भोजपुको रामप्रसाद गाउँपालिका–७ का रजिन राई छन् । उनीहरुले उदयपुरको चौदण्डीगढी नगरपालिका–८ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ आरुबारी बसोबास गर्ने हेमप्रकाश मगरलाई प्राचिन पुरातात्विक बौद्ध ग्रन्थ विक्रीवितरण गर्न लागेका थिए ।

प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाका अनुसार ती युवाले उक्त धर्मग्रन्थ ३ करोड ८५ लाख रुपैयाँमा खरीदविक्री गर्न सकिने भनी झुक्याएर हेमप्रकाशबाट १३ लाख ८९ हजार रुपैयाँ ठगी गरेका छन् ।

उक्त ठगीको सूचना प्राप्त गरेसँगै खटिएको महानगरीय अपराध मशाखाशाको विशेष टोलीले गत बिहीबार तामाङ र राईलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि हाल महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले बौद्ध धर्मको पुरातात्विक ग्रन्थ र एक थान मोबाइल बरामद गरेको छ ।