८ कार्तिक २०८३, आइतबार

सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउने तयारी थाल्नुपर्छ : पूर्वअर्थमन्त्री महत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउने तयारी थाल्नुपर्ने बताएका छन् ।

यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्नका लागि पनि नयाँ पूर्ण बजेट ल्याइनुपर्ने महतको भनाइ छ । उनले अब ल्याउने बजेट कृत्रिम रुपमा आकारमात्रै बढाउन नहुने सुझाव समेत दिएका छन् ।

यसअघि अध्यादेशमार्फत आएको बजेटले राष्ट्रको आन्तरिक र बाह्य दुवै ऋण बढाएको तर्क गर्दै उनले भने, ‘अहिले एक जनाको भागमा ५२–५३ हजार ऋण पुगेको छ । अब बजेट ल्याइँदा प्रशासकीय खर्च घटाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्छ ।’