८ कार्तिक २०८३, आइतबार

नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेकपा (एमाले)का असन्तुष्ट पक्ष माधवकुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) समूहको केन्द्रीय कमिटी बैठक आज शुक्रबार पनि बस्ने भएको छ ।

आज बिहान साढे ११ बजेपछि काठमाडौंको एक बैंक्वेटमा बैठकलाई निरन्तरता दिन लागिएको हो । बिहीबार केन्द्रीय कमिटी बैठक बस्नुपूर्व स्थायी कमिटी बैठक बन्दै केन्द्रीय कमिटीको बैठकका लागि एजेण्डा तय गरिएको थियो ।

हिजोको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतबिना पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिसिन जानु राजनीतिक आत्महत्या सरह हुने बताएका थिए ।

उनले आफू एकताकै पक्षमा रहे पनि सम्मानजनक हैसियतबिना पार्टी एकता सम्भव नहुने तर्क राखेका थिए । त्यसैगरी बैठकमा आफ्ना धारणा राखेका केन्द्रीय सदस्यहरुले भने पार्टी एकता र सरकारमा जाने विषयमा मिश्रित सुझाव दिएका थिए ।

देशभरबाट बैठकमा सहभागी हुन आएका नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरु उपस्थित थिए । उनीहरुले आफूहरु प्रतिपक्ष बन्ने हो की सत्तापक्ष भन्ने विषयमा ठोस निष्कर्ष पुग्नु पर्नेमा जोड दिएका थिए ।