८ कार्तिक २०८३, आइतबार

प्रधान सेनापति थापाद्वारा शिवराम सिंह बस्न्यातको प्रतिमा शिलान्यास

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २१ साउन । प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौंको शंखरापुर नगरपालिका, जहरसिंह पौवास्थित शिवराम सिंह बस्न्यातको प्रतिमा निर्माण स्थलको एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, श्रीपाली बस्न्यात समाजका अध्यक्ष निरञ्जरन मानसिंह बस्न्यातलगायत स्थानीयको उपस्थितिमा उक्त प्रतिमा निर्माण शिलान्यास गरिएको हो ।

त्यसैगरी थापाले आजै प्रबन्धरथीको कार्यालय अन्तर्गत रहेको बन्दोवस्ती कार्य गण, कालिकास्थानको निरीक्षण भ्रमण पनि गरेका छन् ।