
काठमाडौं, २१ साउन । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) को भ्रातृ संगठन युवासंघले वृहत् प्रदर्शन गरेको छ ।
आज बिहीबार काठमाडौंको जडीबुटी क्षेत्रमा युवा संघले आयोग खारेजीको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
गत मंगलबार देउवाको मन्त्रिपरिषद् बैठकबाट एमाले नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।















प्रतिक्रिया