२९ आश्विन २०८३, बिहिबार

झलनाथले भने- एमालेले उपचुनाव जित्नैपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2394d72bb2acc4eeae6d26327d14a32dकाठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी संविधानसभा उपचुनावमा सवै क्षेत्रमा जित्ने गरी आवश्यक तयारी गर्न सम्बन्धित अञ्चलका नेताहरुलाई निर्देशन दिएका छन् ।

बुधवार बसेको केन्द्रिय कमिटी बैठकमा उपनिर्वाचन सम्बन्धी एजेण्डा प्रस्तुत गर्दै अध्यक्ष खनालले पहिले जितेका दुइ क्षेत्र कुनै हालतमा गुम्न नदिई थप अन्य दुई क्षेत्रमा जित्ने गरी लाग्न निर्देशन दिएका हुन् ।

बैठकमा अध्यक्ष खनालले नवौं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गरेको केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए । विधान संशोधन मस्यौदा भने सचिव युवराज ज्ञवालीले तयार पारि नसकेकाले १८ गते मात्रै पेश हुने भएको छ ।