
काठमाडौं, २१ साउन । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) पक्षले पार्टीको अधिवेशनको प्रक्रिया र सदस्यता नवीकरण रोक्न माग गरेको छ ।
आज बिहीबारदेखि शुरु भएको आफ्नो समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताउँदै यस्तो माग अगाडि सारेका हुन् ।
कार्यदलले गरेको १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ । त्यसका लागि अहिले पार्टीले अगाडि बढाएको सम्पूर्ण प्रक्रिया स्थगित गर्नुपर्ने उनीहरुको अडान छ ।















प्रतिक्रिया