८ कार्तिक २०८३, आइतबार

स्रोतको अनुमति लिएर मात्र समाचार सामग्री सम्प्रेषण गर्न काउन्सिलको आग्रह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । अर्को सञ्चार माध्यममा प्रकाशित/प्रसारित सामग्री आफ्नोमा सञ्चार माध्यमबाट सम्प्रेषण गर्दा अनिवार्य रूपमा मूल स्रोतको अनुमति लिएर मात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।

काउन्सिलको आचार संहिता अनुगमन उपसमितिको बैठकको निर्णय समेतको आधारमा आज एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा प्रकाशित/प्रसारित सामग्री बिनाअनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जनगुनासाहरू बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।

बैठकले ‘सञ्चार माध्यममा प्रकाशित/प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति÷संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आह्वान गर्ने’ निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा (१३) मा ‘समाचार तथा समाचार सामग्री प्रकाशन/प्रसारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्ने’ व्यवस्था रहेको छ ।
।

सञ्चार माध्यममा समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयम्ले ३५ दिनभित्र काउन्सिलमा लिखित वा अनलाइनमार्फत् उजुरी दिन सकिने पनि काउन्सिलले जनाएको छ ।

यस्तो छ, बैठकको निर्णय–