८ कार्तिक २०८३, आइतबार

घट्दो क्रममा निको हुनेको दर, २४ घण्टामा २०१२ जना संक्रमित घर फर्किए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित भएर निको हुनेको दर क्रमशः घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ७ प्रतिशत हो ।

यसअघि यो दर ९५% देखि ९७% भित्र कायम थियो । तर पछिल्लो समय ९४% हुँदै आज ९३% मा झरेको छ । यो सँगै नेपालमा संक्रमण र मृत्युको दर पनि बढ्न थालेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ११ हजार ८७० जनाको आरटी–पीसीआर गर्दा ३००७ जना र ६ हजार ५३८ जनाको एन्टिजेन परीक्षण गर्दा ९३१ जना गरी आज ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८ हजार ७९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ९९४ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ५६ हजार ३४२ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३४ हजार ४२२ जना आइसोलेसन र ३७५ जना क्वारेन्टिनमा छन् ।