
काठमाडौं, २१ साउन । नेकपा (एमाले)का असन्तुष्ट पक्ष नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।
बुद्धनगरमा जारी बैठकमा नेताद्वय पाण्डे र भट्टराई अनुपस्थित भएका हुन् । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपाल–खनाल समूहले बैठक बोलाएका हुन् । उक्त बैठकमा कन्ट्र्याक्ट ट्रेसिङमा परेको भन्दै दुई नेता अनुपस्थित रहेको जानकारी दिइएको छ ।
बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित रहेको र केही उपत्यकाबाहिर रहेकाले छुटेको दाबी गरिएको छ ।















प्रतिक्रिया