
जाजरकोट, २१ साउन । एकजना स्थानीय युवकलाई बाँधी–बाँधी कुटपीट गर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले कुटपिट गरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सोधपुछका लागि पक्राउ गरेर सदमुकाम ल्याइएको जाजरकोट प्रहरीले जनाएको छ ।
सोमबार वडाध्यक्ष नेपालीसँग प्रेमले आफ्नो छोराका लागि बालपोषणको रकम माग गरेको विषयमा विवाद हुँदा दमाईमाथि कुटपिट भएको बताइएको छ ।















प्रतिक्रिया