४ मंसिर २०८३, शुक्रबार

कोरोना संक्रमितको संख्या बुधबार ह्वात्तै बढ्यो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । काठमाडौं उपत्यकासहित देशभरि बुधबार ४ हजार १०७ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट ४ हजार ९४४ मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ ।

कुल १६ हजार २९८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएका छन् ।