नयाँदिल्ली, २० साउन । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुई नेपाली बालबालिकाको मृत्यु भएको छ ।
दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो ।
बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधि किनेर विकले छोराछोरीलाई खुवाएका थिए ।
क्लिनिकका डाक्टर बेदकुुमार गर्गले दिएको उक्त औषधि खाएपछि १०–१० मिनेटको फरकमा दुवै दिदी–भाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए ।











प्रतिक्रिया