८ कार्तिक २०८३, आइतबार

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चले दियो अन्तरिम आदेश

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सर्वोच्च अदालतले सरकारको सामाजिक सुरक्षा कोषविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले दिएको रिटमा सुनुवाई गर्दै अदालतले सो आदेश जारी गरेको हो । आदेश अनुसार बैंक तथा वित्तीय संस्थालाई स्वेच्छाबाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब दिन नपाइने भएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सम्बन्धमा भएका सबै कामकारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।